
रौतहट,०७ असार। रौतहटको फतुवा विजयपुर नगरपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ। रामदासी गाउँका २२ वर्षीय सावल कुशवाहाको शुक्रबार राति आफ्नै खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद यादवका अनुसार, कुशवाहा खेतमा सिँचाइ गर्न मेसिन सञ्चालनको तयारीमा विद्युत् पोलबाट तार जडान गर्दै थिए।
सो क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।
