प्याजको भाउ किलोमा ६ रुपैयाँ बढ्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १०, मंगलबार (८ महिना अघि)
  • २ पटक पढिएको
प्याजको भाउ किलोमा ६ रुपैयाँ बढ्यो

 काठमाडौं,१० असार। स्थानीय बजारमा सुकेको प्याजको भाउ क्रमशः उकालो लागेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ उकालो लागेको देखाएको हो । तीन दिनमा प्याजको भाउ किलोमा ६ रुपैयाँ बढेको छ ।

कालीमाटी बजारमा मंगलबार प्याजको भाउ थोकमा किलोको न्यूनतम ४६ देखि अधिकतम ५० रुपैयाँमा किनबेच भइरहेको छ ।आइतबार सुकेको प्याज थोकमा प्रतिकिलो न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा किनबेच भएको थियो ।

१ असारमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो । यस्तै जेठ अन्तिम साता भने सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस