यातायात कार्यालय चन्द्रागिरिमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ११, बुधबार (८ महिना अघि)
  • २ पटक पढिएको
यातायात कार्यालय चन्द्रागिरिमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ 

काठमाडौं,११ असार। यातायात व्यवस्था कार्यालय चन्द्रागिरिमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–६ बस्ने २९ वर्षीय विकास तामाङ, मकवानपुरका २५ वर्षीय सुशील अधिकारी, सर्लाहीका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरकै १९ वर्षीय छिरिङ लो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखाका २४ वर्षीय राजीव खत्री छन् ।

उनीहरूले चन्द्रागिरी गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

पक्राउ परेकाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट अभद्र व्यवहारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस