सिरहामा ७ वर्षीय बालकको करेन्ट लागेर मृत्यु 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ११, बुधबार (८ महिना अघि)
  • २ पटक पढिएको
सिरहामा ७ वर्षीय बालकको करेन्ट लागेर मृत्यु 

सिरहा,११ असार। सिरहाको गोलबजार–१२ बेतौनामा करिब ७ वर्षीय बालकको खेतमा करेन्ट लागेर मृत्यु भएको छ। रामकरण महतोका छोरा भल कुमार करण आफ्ना अभिभावकसँग खेतमा सिँचाइका लागि प्रयोग गरिएको मोटरको नजिक खेल्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर गोविन्द प्रसाद साहले घटनाको अनुसन्धान भइरहेको बताए। शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल, लहान लगिएको छ। गत सोमबार पनि गोलबजार–१३ दुर्गापुरमा ६२ वर्षीय एक व्यक्तिको खेतमै करेन्ट लागेर मृत्यु भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस