
सर्लाही,१२ असार। प्रतिबन्धित लागुऔषध सहित चितवनका दुई जना युवकलाई सर्लाही प्रहरीले पक्राउ गरी कारवाही सुरु गरेको छ ।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवननगर बजार देखि भेल्ही तर्फ जाने बाटोमा मधशे प्रदेश ०३–००१ ह २२२१ नम्वरको यात्रु ओसार्ने अटोरिक्सालाई रोकेर त्रिभुवननगर प्रहरी चौकीले चेकजाँच गर्दा चितवनका दुई जना युवकलाई लागु औषध सहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीद्वारा जारी गरिएको सूचनामा चितवन जिल्ला भरतपुर महानगरपालिका–२४ का जितबहादुर विकको १९ बर्षीय छोरा अनिस विक र सोही स्थानका धनबहादुर परियारको १९ बर्षीय छोरा सन्देश विकको साथबाट नाइट्राजेपाम–१० लेखिएको १२० पत्तामा १२ सय ट्याब्लेटस सहित पक्राउ गरिएको छ ।
दुबै युवकको शरिरबाट ५–५ पत्ता तथा उनीहरुले बोकेको झोलाबाट ११० पत्ता गरी कुल १२० पत्ता नाइट्राजेपाम बरामद गरिएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले दुबै जनालाई सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान कार्य भईरहेको बताए ।
