हेटौंडा बसपार्कबाट खैरो हिरोइनसहित एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १२, बिहिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
हेटौंडा बसपार्कबाट खैरो हिरोइनसहित एक युवक पक्राउ

हेटौंडा,१२ असार। मकवानपुरको प्रहरीले हेटौंडा बसपार्कबाट खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका—१२ का १९ वर्षीय प्रितम वललाई हेटौंडा—१० स्थित बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शंका लागि वलको शरीर खानतलासी गर्दा पाइन्टको खल्तीमा १६ ग्राम ४ सय मिलिग्राम खैरो हिरोइन फेला पारेको थियो ।प्लाष्ट्रिकमा पोको पारेर पाइन्टको खल्तीमा लुकाएर राखेको अवस्थामा प्रहरीले खैरो हिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।

थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत मकवानपुरबाट ३ दिनको म्याद थप लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस