छानोबाट खसेर एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १३, शुक्रबार (८ महिना अघि)
  • ३ पटक पढिएको
छानोबाट खसेर एक जनाको मृत्यु

 काभ्रे,१३ असार। काभ्रेको बनेपा नगरपालिका वडा नं १२ बाँसडोलमा छानोबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चाइनिज इट्टाभट्टामा काम गर्ने रोल्पा जिल्ला मादी ६ का वर्ष ४२ को अमृत घर्तीमगर छन् । उनी सोही भट्टामा रहेको ट्रस्टमा जस्ताको छानोबाट पानी चुहिएकोले छानामा प्लाष्टिक ओढाउने क्रममा चिप्लिएर लडेको प्रहरी चौकी साँगाका हवल्दार बेलबहादुर श्रेष्ठले जानकारी दिए ।

छानामा प्लाष्टिक ओढाउने क्रममा लडेर घाइते भएका घर्तीमगरको उपचारको लागि शीर मेमोरियल अस्पताल बनेपामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस