१७ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १३, शुक्रबार (८ महिना अघि)
  • ३ पटक पढिएको
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

काठमाडौं,१३ असार। रुकुम पश्चिममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय रेशम खत्री छन् ।

उनी माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार, खत्रीविरुद्ध १८ जेठमा १७ वर्षीया किशोरीले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् ।

प्रहरी अनुसन्धान त्यसलगत्तै अनुसन्धान थालेपनि उनी फरार रहँदै आएका थिए । ‘पछिल्लो समय उनी सानोभेरी गाउँपालिकामा बसिरहेको भन्ने सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ पीडितले बच्चा समेत जन्माइसकेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस