ग्यास बुलेट र ट्रक एक–आपसमा ठोक्किँदा दुईजना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १३, शुक्रबार (८ महिना अघि)
  • ४ पटक पढिएको
ग्यास बुलेट र ट्रक एक–आपसमा ठोक्किँदा दुईजना घाइते

चितवन,१३ असार। पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलमा ग्यास बुलेट र ट्रक एक–आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका– २ का २४ वर्षीय  प्रविन प्रजा र ग्यास बुलेटचालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशाबाट जाँदै गरेको बा.प्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एक–आपसमा ठाेक्किएका हुन्। 

सहचालक प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

ताजा अपडेट

खोजी गर्नुहोस