१२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १३, शुक्रबार (८ महिना अघि)
  • २ पटक पढिएको
१२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

काठमाडौं,१३ असार। सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्या भएको हो ।

बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए । प्रहरीका अनुसार घटना १० असारमा भएको हो । हत्या आरोपीहरुलाई शुक्रबार सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

बालिकालाई घरबाट लगेर पाँच जनाको समूहले बलात्कार पछि हत्या गरेको पाइएको एसपी कार्कीले बताए । नांगो अवस्थामा ती बालिकाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

सो क्रममा बालिकाकै गाउँका आफन्त नाता पर्ने समेतका व्यक्तिहरु पक्राउ परेका छन् । यसको विस्तृत अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस