बारामा भुसभित्र छोपेर २ क्विन्टल बढी गाँजासहित ४ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १४, शनिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
बारामा भुसभित्र छोपेर २ क्विन्टल बढी गाँजासहित ४ जना पक्राउ

बारा,१४ असार। बारा प्रहरीले भुसको आडमा तस्करी गरिँदै गरेको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। शनिबार बिहान बाराको गण्डक चोकबाट प्रहरीले दुई क्विन्टल १२ किलो गाँजा बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–४ का रवि कार्की, थाहा–१२ का वीरबहादुर मोक्तान, हेटौँडा–१४ का साजन मोक्तान र धादिङको खाक्रे गाउँपालिकाका महेश तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार, विशेष सूचनाका आधारमा बागमती प्रदेशको ३–०१–२४ च ४६३० नम्बरको पिकअप भ्यान जाँच गर्दा भुसमुनि लुकाइएको गाँजा फेला परेको हो।

प्रहरीले तस्करीमा प्रयोग गरिएको पिकअप भ्यानसहित बागमती प्रदेश २–०२७ प २७०० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस