चट्याङ लागेर एक बालिकाको मृत्यु, ४ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १४, शनिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
चट्याङ लागेर एक बालिकाको मृत्यु, ४ जना घाइते

काठमाडौं,१४ असार। मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

शुक्रबार साँझ करिब ६ बजेतिर परेको चट्याङले राक्सिराङ–८ माइसिराङकी ६ वर्षीया अनिका प्रजाको घटनास्थलमै ज्यान गएको हो। आमा र छोरी खाना खान घरको पिँढीमा निस्कँदै गर्दा घटना भएको हो। 

चट्याङ लागेर अनिसाकी आमा २५ वर्षीया रबिना प्रजा पनि गम्भीर घाइते भएकी छन्। उनको देब्रे खुट्टा नचल्ने अवस्थामा रहेकाले थप उपचारका लागि हेटौँडा अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख डीएसपी विशाल सापकोटाले जानकारी दिए।

हिजो साँझै चट्याङ लागेर राक्सिराङ–९ चोराङ्गमा पनि तीन जना घाइते भएका छन्। घाइतेहरूको परिचय खुल्न बाँकी छ। थप विवरण संकलन भैरहेको मनहरी प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस