काठमाडौंमा पेस्तोलसहित महोत्तरीका दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १६, सोमबार (८ महिना अघि)
  • २ पटक पढिएको
काठमाडौंमा पेस्तोलसहित महोत्तरीका दुई जना पक्राउ

महोत्तरी,१६ असार। पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी घर भएका २९ वर्षीय सुरेश कुमार राम र २६ वर्षीय दिनेश कुमार राम छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।

सूचनाका आधारमा उनीहरुको डेरा खानतलासी गर्दा किटक्याट लेखिएको बट्टाभित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद भएको हो ।

पेस्तोलका साथै त्यसमा लाग्ने म्याग्जिन २ थान, रेडियो सेट १ थान, रेडियो सेटको ब्याट्री १ थान, खुकुरी १ थान र ३ थान मोबाइल पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस