हेटौँडामा ब्रेकफेल भएर दुर्घटना हुँदा चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १७, मंगलबार (८ महिना अघि)
  • ३ पटक पढिएको
हेटौँडामा ब्रेकफेल भएर दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडा,१७ असार। हेटौँडामा भारतीय लहरी गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला बोकेर आइरहेको यूपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रकका चालक भारतको गाजीपुर पुरैनियाका ४० वर्षीय महेन्द्र यादव रहेका छन् ।

मकवानपुर प्रहरीका अनुसार मंगलबार बिहान करिब साँढे दुई बजेतिर हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटेमा ब्रेकफेल भई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चार्जिङ पोइन्ट नजिकै सडकको दाहिनेतर्फ पल्टिएको थियो । दुर्घटनामा घाइते भएका महेन्द्र यादवलाई अचेत अवस्थामा उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइएको थियो । 

उनको उपचारको क्रममा बिहान् पौने ६ बजे मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा सामान्य घाइते भएका गाडीका सहचालक गाजीपुर (भारत) घर भएका २५ वर्षीय मनोज यादवको हेटौँडा अस्पतालमा उपाचार भइरहेको छ । मृतकको शव हाल हेटौँडा अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस