नगर प्रमुख अजय प्रकाशद्धारा एमबिबिएस अध्यनको लागी एक छात्रलाई ३ लाख सहयोग,स्थानियबासिद्धारा चौतर्फी प्रशंसा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १७, मंगलबार (८ महिना अघि)
  • ५ पटक पढिएको
नगर प्रमुख अजय प्रकाशद्धारा एमबिबिएस अध्यनको लागी एक छात्रलाई ३ लाख सहयोग,स्थानियबासिद्धारा चौतर्फी प्रशंसा

रौशन कुमार चौधरी
असार १७, रौतहट

कटहरिया नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक गरिब र मेहनती छात्रलाई रु. ३ लाख नगद सहयोग गरेको छ । नगरपालिकाका युवा, जोशिला र कर्मठ नगर प्रमुख अजय प्रकाश जैसवालको नेतृत्वमा सोमबार आयोजित एक विशेष कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग प्राप्त गर्ने विद्यार्थी कटहरिया नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा राधेश्याम दास हुन्, जसले हालसालै मेडिकल शिक्षा परिषद्को परीक्षा उत्तीर्ण गरी एमबिबिएस अध्ययनका लागि नाम निकालेका थिए । तर उनको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर र दैनिय भएको हुँदा एमबिबिएस जस्तो खर्चिलो अध्ययनलाई अगाडि बढाउन कठिनाइ भइरहेको थियो ।
नगर प्रमुख जैसवालले जब यो विषयको जानकारी पाए, तब उनले नगरपालिकाको तर्फबाट व्यक्तिगत पहलमा रु. ३ लाख सहयोग गर्ने निर्णय गरे । सहयोग हस्तान्तरण समारोहमा बोल्दै नगर प्रमुख जैसवालले भने,

“हाम्रो पालिकामा यदि आफ्नै डाक्टर तयार हुन्छ भने, साना–साना स्वास्थ्य समस्या समाधान गर्न टाढा जानुपर्ने अवस्था हट्छ। यो हाम्रो नगरको गौरवको कुरा हो। त्यसैले मेधावी विद्यार्थीको सपना अधुरो नहोस् भनेर हामीले सघाएका हौं।“
यस कार्यलाई वर्तमानकाल दैनिक पत्रिकासंगको कुराकानीमा नगर प्रमुख जैसवालले अझ स्पष्ट रूपमा भने,

“सहयोगको यो क्रम यहीं रोकिँदैन। नगरमा रहेका अन्य गरिब, दलित वा आर्थिक रुपमा पछाडि परेका तर ठूलो सपना बोकेका विद्यार्थीहरूलाई पनि नगरपालिकाले सकेको सहयोग गर्नेछ ।”
राधेश्याम दासले सामाजिक सञ्जालमार्फत भावुक पोस्ट लेख्दै नगर प्रमुख अजय प्रकाश जैसवाललाई “भगवान सरहको व्यक्तित्व“ भन्दै आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्,
“म आज जे छु र जुन सपना देखेको छु, त्यो पूरा हुने आशा नगर प्रमुखज्यूको सहयोगले भएको हो। वहाँको योगदानको लागि म सधैं ऋणी रहनेछु।“मेरो जीवनको अन्धकारलाई उज्यालो बनाउने यस्ता नेताको अस्तित्वले नै हामी जस्ता युवामा आशाको किरण जगाउँछ ।”
यस किसिमको मानवीय र सामाजिक पहलले कटहरिया नगरपालिकालाई शिक्षाको क्षेत्रमा अग्रसर बनाउँदै लगेको छ । नगर प्रमुख जैसवालको नेतृत्वमा पालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको स्थानीयवासीहरूको भनाइ छ । नगरपालिकाको यो कदमले न केवल एक विद्यार्थीको भविष्य उज्यालो बनाएको छ, तर सम्पूर्ण नगरवासीमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आशा र विश्वासको नयाँ संकल्प पनि जागृत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस