संविधान सभा सदस्य यादवको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १८, बुधबार (८ महिना अघि)
  • २ पटक पढिएको
संविधान सभा सदस्य यादवको निधन

वीरगञ्ज,१८ असार। नेपाली काँग्रेस बाराका नेता तथा संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ ।

बाराको सुवर्ण गाउँपालिका-२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगञ्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधवार बिहान निधन भएको यादवका छोरा डा. जितेन्द्र यादवले बताए ।

यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित थिए । यादव २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट काँग्रेसबाट निर्वाचित भएका थिए ।

उनी काँग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए । उनका २ छोरा, २ छोरी र श्रीमती छन् । यादवको अन्तिम संस्कार बुधवार दिउँसो १ बजे कबही गाउँमा गरिने परिवारजनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस