बारामा जगदम्बा स्टिलको भट्टीमा विस्फोट, एक जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १९, बिहिबार (७ महिना अघि)
  • २ पटक पढिएको
बारामा जगदम्बा स्टिलको भट्टीमा विस्फोट, एक जना घाइते

बारा,१९ असार। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा भएको विस्फोटमा परेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए । अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ ।

त्यस्तै, विस्फोटबाट लागेको आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९:१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको थियो ।

घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको थियो ।

विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस