रौतहटमा करेन्ट लागेर ३० वर्षीय युवकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १९, बिहिबार (७ महिना अघि)
  • २ पटक पढिएको
रौतहटमा करेन्ट लागेर ३० वर्षीय युवकको मृत्यु

रौतहट,१९ असार। रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

बिहान करिब ७ः१५ बजे स्थानीय ३० वर्षीय रोहित साह सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। 

घटनाबारे जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा तीन जनाको टोली खटिएको थियो। 

घाइते रोहितलाई तत्कालै उपचारका लागि  प्रादेशिक अस्पताल, कलैया बारा लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ८ः०० बजे उनको मृत्यु भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

मृतकको शव हाल प्रादेशिक अस्पताल, कलैयामै राखिएको  छ । घटना स्थल इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट करिब ५ किलोमिटर दक्षिणमा पर्दछ। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस