टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु

जाजरकोट,२० असार। जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।

बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस