माछा मार्न गएका २७ वर्षीय युवकको गोहीको आक्रमणबाट मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
माछा मार्न गएका २७ वर्षीय युवकको गोहीको आक्रमणबाट मृत्यु

चितवन,२० असार। चितवनमा रातको समयमा खोलामा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–८ का २६/२७ वर्षीय अभिषेक माझी छन् ।

अभिषेक र सोही ठाउँका ४०/४५ वर्षीय राजकुमार माझी चितवनको सौराहा नजिक चित्रसारी बुढीराप्ती खोलामा बिहीबार राति माछा मार्न गएका थिए । माछा मार्दै गर्दा अभिषेकलाई गोहीले तानेर खोलामा लगेको थियो ।

राति १ बजेर २० मिनेटतिर घटना भएको स्थानभन्दा २०० मिटर उत्तरतर्फ अभिषेकको शव फेला परेको चितवन प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस