काठमाडौंको मिलनचोकबाट ​जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
काठमाडौंको मिलनचोकबाट ​जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं,२० असार। काठमाडौंको मिलनचोकबाट ​जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । काभ्रेको चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुतसहित ९ जनालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका- ३१ मिलनचोकबाट पक्राउ गरेको हो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस