सिन्धुलीमा स्कुटर दुर्घटना हुँदा एक किशोरको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २३, सोमबार (७ महिना अघि)
  • ४ पटक पढिएको
सिन्धुलीमा स्कुटर दुर्घटना हुँदा एक किशोरको मृत्यु

काभ्रेपलाञ्चोक,२३ असार। सिन्धुलीको कमलामाई नगरपालिका-७ फिटिङ पुल नजिक स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका-२९ घर भई कमलामाई नगरपालिका-६ मा डेरा गरी बस्ने रितेश जोन्छे रहेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि एम्बुलेन्समा राखेर काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार तीव्र गतिमा रहेको स्कुटर अनियन्त्रित भएर सडकबाट करिब २० फिट खसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस