पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २४, मंगलबार (७ महिना अघि)
  • ३ पटक पढिएको
पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

धनुषा,२४ असार। जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । नुहाउने क्रममा आज बिहान उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताए ।

दुवै लाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस