१ करोड ४४ लाख रकमसहित एक चिनियाँ नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २४, मंगलबार (७ महिना अघि)
  • २ पटक पढिएको
१ करोड ४४ लाख रकमसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौँ,२४ असार। एक जना चिनियाँ नागरिक स्रोत नखुलेको १ करोड ४४ लाख रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाङ जियान रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले वाङलाई सोमबार साँझ बौद्धबाट पक्राउ गरेको  एसपी अपिल राज बोहराले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा परिसर र प्रहरी वृत्त बौद्धसमेतको टोलीले बौद्धको नयाँ बस्ती स्थित एक कोठामा छापा मार्दा सो रकम फेला पारेको थियो । यो रकम हुण्डीको हुन सक्ने प्रहरीको आशंका छ । यसबारे थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस