रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा, एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २४, मंगलबार (७ महिना अघि)
  • २ पटक पढिएको
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा, एक जनाको मृत्यु

रौतहट,२४ असार। रौतहटको बंकुलदेखि नरकटिया जाने सडक खण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको परोहा नगरपालिका–७, नरकटिया निवासी रामेश्वर दुसादका करिब २० वर्षीय छोरा करण पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार नरकटियाबाट बंकुल बजारतर्फ जाँदै गरेको बा ४२ प ७५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा दुर्घटना भएको हो। चालक पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस