ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २५, बुधबार (७ महिना अघि)
  • ५ पटक पढिएको
ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङ,२५ असार। सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते हुनुभएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । 

पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए । उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो । 

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस