ज्वाइँले गरे ससुराको हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २५, बुधबार (७ महिना अघि)
  • ३ पटक पढिएको
ज्वाइँले गरे ससुराको हत्या

जनकपुरधाम,२५ असार। चक्कु प्रहार गरी ससुराको हत्या गरेको आरोपमा प्रहरीले  ज्वाइँलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१५ का ६५ वर्षीय वासुदेव प्रसाद साहको हत्या आरोपमा वडा नम्बर २१ मा बस्ने ५५ वर्षीय ज्वाइँ बेचन महासेठलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

असार १८ गते वासुदेवकै घरमा बेचनले चक्कु प्रहार गरी हत्या गरेर फरार भएका थिए । उनीहरूको घरायसी विवादकै कारण हत्या गरिएको धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए ।

मृतक परिवारका अनुसार ज्वाइँ बेचनले बारम्बार पैसा मागिरहेका थिए। पैसाका कारण उनीहरूबिच विवाद भएको थियो। ससुरा वासुदेवले जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा निवेदन समेत दिएका थिए । पैसा नदिएकै कारण ज्वाइँले बेचनको हत्या गरेका थिए।

प्रहरीले घटनास्थलबाट चक्कु र आरोपी चढेको प्रदेश ०२–००७प ९९३२ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

मृतककी श्रीमती शैलदेवीले किटानी जाहेरी दिएपछि उनलाई मंगलबार प्रहरीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेसनबाट पक्राउ गरिएको रेग्मीले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिई यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस