
काठमाडौं,२५ असार। भारतको गुजरात राज्यमा पक्की पुल भत्किए नदीमा गाडी खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आणंद र वडोदरा जोड्ने महिसागर नदीको पुल भत्किएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । गुजरातका गृहमन्त्री हर्ष सांघवीले ९ जनाको शव भेटिएको र ६ जना घाइते भएको पुष्टि गरेका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार कम्तीमा ४ वटा गाडी नदीमा खसेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त पुल सन् १९८५ मा बनेको हो । गुजरात सरकारका प्रवक्ता ऋषिकेश पटेलले उक्त पुल बेलाबेलामा मर्मत गरिएको बताएका छन् ।
