माल्टाको समुद्रमा डुबेर एक युवकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २५, बुधबार (७ महिना अघि)
  • २ पटक पढिएको
माल्टाको समुद्रमा डुबेर एक युवकको मृत्यु

काठमाडौं,२५ असार। रोजगारीको सिलसिलामा माल्टामा रहेका नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) को समुद्रमा डुबेर मृत्यु भएको छ।

स्थानीय समय अनुसार मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर उनको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ माल्टाका अध्यक्ष रेम्स खनालले रातोपाटीलाई जानकारी दिए ।

हाल ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका न्यौपाने विगत २० महिनादेखि माल्टामा कार्यरत थिए।  न्यौपानेको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोग आवश्यक परेकाले  सहयोग सङ्कलन सुरु गरिएको जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस