शिक्षा अधिकारीसहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २६, बिहिबार (७ महिना अघि)
  • २ पटक पढिएको
शिक्षा अधिकारीसहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ,२६ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारीसहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिहीबार आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसहित नौँ जना उपर गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको हो ।

उनीहरूमाथि दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस