सप्तरीमा फलामको गेटले थिचेर बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २७, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
सप्तरीमा फलामको गेटले थिचेर बालकको मृत्यु

सप्तरी,२७ असार। सप्तरीमा फलामको गेटले थिचेर बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सप्तकोशी नगरपालिका-१ फत्तेपुरका सञ्जीव कटुवालका ४ वर्षीय छोरा समरजंग कटुवाल रहेका छन्।

प्रहरीका अनुसार खेलिरहेका समरजंगमाथि अचानक गेट लड्दा गम्भीर भई स्थानीय क्लिनिक फत्तेपुरमा भर्ना गरिएको थियो । थप उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगेका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार शवको पोस्टमार्टम भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस