मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २७, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं,२७ असार। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ स्थित तीन थानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । थानकोटबाट कलङ्की जाँदै गर्दा बा.८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रोशन ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । 

करिब ३६ वर्षीय ढकाल थानकोटका स्थानीय हुन् । शुक्रवार बिहान पौने ४ बजेतिर ढकालले हाँकेको मोटरसाइकल अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हो । डिभाइडर मा ठोक्किएपछि सो मोटरसाइकल बागमती प्रदेश–०२–०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएको थियो । 

स्कुटर चालक धादिङ धुनिवेशी वडा नम्बर–९ घर भएका २५ वर्षीय विवेक केसी समेत घाइते भएका छन् ।  उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी बोहराले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस