ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २९, आईतबार (७ महिना अघि)
  • ३ पटक पढिएको
ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगर,२९ असार। प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार राति विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट  १७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

ब्राउन सुगरसहित विराटनगर – १२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादव पक्राउ परेका छन् ।

उनीहरुको साथमा रहेको को ३० प ४१० नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । प्रहरीका अनुसार पवनले रोशनलाई भारतबाट ब्राउन सुगर ल्याइदिएको हुनसक्छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस