बालिका बलात्कार आरोपमा बालगृह अधिकृत पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २९, आईतबार (७ महिना अघि)
  • ३ पटक पढिएको
बालिका बलात्कार आरोपमा बालगृह अधिकृत पक्राउ

मकवानपुर,२९ असार। बालगृहमा आश्रय लिएकी एक किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा मकवानपुबाट बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित बालगृहका प्रमुख अधिकृत मधुसुदन राउत छन् ।

अधिकृत राउतलाई प्रहरीले काठमाडौंको काँडाघारी क्षेत्रबाट गरेको मकवानपुर प्रहरीले जनाएको छ । सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको उक्त बालगृहका ४८ वर्षीय प्रमुख राउतले बालगृहमा बस्दै आएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको किशोरीले दिएको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरी चार वर्षदेखि सो बालगृहमा बस्दै आएकी थिइन् । 

पिडित किशोरीका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको र आमा सम्पर्कविहीन भएपछि उनी मामाघरको हजुरआमासँग बस्दै आएकी थिइन् । मामाघरको समेत कमजोर आर्थिक अवस्थाका कारण पछिल्लो समय उनी उक्त बालगृहमा बस्दै आएकी थिइन् । ती किशोरीले ८ असारमा आफुलाई बालगृह प्रमुख राउतले पटकपटक

बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । धम्की र मानसिक दबाबमा राखेर पटक–पटक जबर्जस्ती गरेकोे पिडित किशोरीले दावी गरेकी छन् ।

उनको उजुरीपछि छानविन थालिएको र अभियोग लागेका राउतलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए । बालगृहमा हाल १५ जना बालिकाहरू रहेका छन । घटना सार्वजनिक भएपछि बालगृहको व्यवस्थापन, सुरक्षास्थिति तथा सञ्चालन प्रक्रिया प्रश्नको घेरामा परेको छ । बालगृहमा रहेका अन्य बालबालिकाको अवस्थाबारे पनि थप अनुसन्धान सुरु गरेको प्रवक्ता अर्यालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस