
काठमाडौँ, ३१ असार। प्रहरीले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–५ घर भएका २५ वर्षीय केशव राई छन् ।
माइक्रो बसमा सवार राईलाई जडीबुटीस्थित मनोहरा खोला पुलबाट असार २७ गते साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले मंगलबार जानकारी दिए ।
आरोपीको साथबाट प्रहरीले ३७ दशमलव २४० ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
