पेस्तोल देखाउँदै लुटपाट गरेको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १, बुधबार (७ महिना अघि)
  • २ पटक पढिएको
पेस्तोल देखाउँदै लुटपाट गरेको आरोपमा एक जना पक्राउ

जनकपुरधाम,३२ असार। लुटपाटमा संलग्न एक भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । बुधबार मधुवनी देवधा–८ का २३ वर्षीय विजय मुखियालाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको हो ।

उनीमाथि यही असार २० गते जनकनन्दनी गाउँपालिका १ का अजय कुमार गोइतको नगद दुई लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटपाट गरेको आरोप छ ।

गोइत बैंकमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकी मुखियाले पेस्तोल देखाई लुटपाट गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मुखिया पेशेवर लुटेरा रहेको धनुषाको एसपी नरहरि रेग्मीले बताए ।

‘भारतमा पनि मुखियमाथि ९/१० वटा मुद्दा रहेको छ,’ एसपीले भने, ‘भारतमा लुटपाट गरेर नेपाल लुक्छ्न् । नेपालमा गरेर भारत लुक्छन् ।’ उनीमाथि जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस