बारामा मोटरसाइकल चोरी गरी बेच्ने र किन्ने व्यक्ति पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १, बुधबार (७ महिना अघि)
  • ३ पटक पढिएको
बारामा मोटरसाइकल चोरी गरी बेच्ने र किन्ने व्यक्ति पक्राउ

बारा,३२ असार। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले जिल्लामा लागु औषध दुव्र्यवसन नियन्त्रण गर्न ड्रप ड्रग्स अभियान शुरु गरेका छन्।

यही अभियान विभिन्न लागू औषध सेवनकर्ता तथा अनैतिक कृयाकलाप मा सम्लग्न ब्यक्तीहरु लाई अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चोरी गर्ने, विक्री गर्ने तथा खरिद गर्ने ब्यत्ती पक्राउ बारा प्रहरीले मंगलबार तीन जनालाई रौतहट प्रहरीको समन्वयमा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नं.७ योजना टोल वस्ने २५ वर्षीय चमन मगर, रौतहटको गुजरा नगरपालिका वडा नं.२ वस्ने २३ वर्षीय रोशन मगर,रौतहटको गरुडा नगरपालिका वडा नं. २ गेडहिगुठी टोल बस्ने ३० वर्षीय रामप्रवेश महरा रहेको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक खेम प्रसाद नेपालले जानकारी दिएका छन् ।

असार २४ गते मंगलबार बाराको निजगढ नगरपालिका वडा नं.७ बस्ने प्रशान्त लामाको घरमा पार्किङ गरी राखेको इन्जिन नं.जि३जे३इ०५९१३७५, च्यासिस नं.एमई१ आरजि ४४५८आर ००९७५४१ भएको म.प्र.०३- ०३३ प ७५१० नम्बरको यामाहा कम्पनिको एफजेड भि २ डिडि मोटरसाइकल हराएको तथा चोरी भएको मोटरसाइकल खोजतलासको बाराको निजगढ नगरपालिका वडा नं. ६ वस्ने बाल कृष्ण हुमागाईले ईलाका प्रहरी कार्यालय निजगढमा निवेदन दिएका थिए।

उक्त नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा खटि गएको प्रहरी टोलीले बारा निजगढ नगरपालिका वडा नं.७ योजना टोल स्थितमा सोही ठाउँ बस्ने अन्दाजी २५ वर्षीय चमन मगरलाई नियन्त्रणमा लिएको हो।

उनकै गाँउ घरमा संकास्पद रुपमा हिडडुल गरी रहेको अवस्थामा उनलाई फेला पारी नियन्त्रणमा लिइएको हो। चमनलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकल चोरी गरि जिल्ला रौतहट गुजरा नगरपालिका वडा नं.२ का २३ वर्षीय रोशन मगरलाई बिक्री गरेको भनि खुलाईदिएका थिए।

रोशन मगरले रौतहटको गरुडा नगरपालिका वडा नं. २ गेडहिगुठी स्थायी वतन भई गरुडा झाझपुल चोक स्थितमा न्यू राजन वर्कशप संचालन गर्ने राम प्रवेश महरालाई रु. एकतिस हजार रुपैयाँ मा बिक्री गरेको भनि स्वीकार गरेका थिए। चोरी कसूरमा संलग्न रहेका जिल्ला रौतहट गुजरा २ का रोशन मगर,रौतहटको गरुडा नगरपालिका वडा नं. २ गेडहिगुठी स्थायी वतन भई गरुडा झाझपुल चोक स्थितमा न्यू राजन वर्कशप संचालन गर्ने राम प्रवेश महारालाई नियन्त्रणमा लिईएको हो।

रोशन मगरलाई समेत साथमा लिई श्री ईलाका प्रहरी कार्यालय गरुडा रौतहटसँग आवश्यक समन्वय गरि संयुक्त प्रहरी टोलीले महाराको घर कोठा खानतासी गर्दा राम प्रवेश महराको घरको आँगनमा नम्बर पलेट नभएको इन्जिन नं.जि ३जे३इ ०५९१३७५,च्यासिस नं.एमई१ आरजि ४४५८आर००९७५४१ भएको भएको यामाहा कम्पनिको एफजेड भि २ डिडि मोटरसाइकल पार्क गरी राखेको अवस्थामा प्रहरीले फेला पारेको हो।

चोरीको मोटरसाईकल रितपुर्वक बरामद गरिएको छ। बरामदी मोटरसाईकल तथा चोरी कसूरमा संलग्न रहेका प्रतिवादीहरु चमन मगर,रोशन मगर र राम प्रवेश महरालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको निमित्त सूचना अधिकारी नेपालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस