धनुषामा एक युवकको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १, बुधबार (७ महिना अघि)
  • २ पटक पढिएको
धनुषामा एक युवकको शव फेला

जनकपुरधाम,३२ असार। धनुषामा एक युवकको शव फेला परेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ अर्जनुवाटोल बस्ने चुल्हाई सहनीका छोरा अन्दाजी वर्ष २५ का निरज सहनीको शव फेला परेको हो ।

जनकपुर ढल्केवर सडकखण्डको लक्ष्मीनिया गाउँपालिका-१ स्थित खाद्य संस्थानको अगाडि नालामा बुधबार दिउँसो घोप्टो परेको अवस्थामा उनी मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको डीएसपी सिंहले बताए । शव नजिकै एउटा कालो रंगको झोला समेत फेला परेको छ । परिवारजनका अनुसार निरज मंगलबार साँझ आफन्तसँग बाहिर निस्केका थिए । 

ताजा अपडेट

खोजी गर्नुहोस