खोलामा डुबेर २ युवाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
खोलामा डुबेर २ युवाको मृत्यु

धनगढी,२ श्रावन। कैलालीको गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका २ युवाको मृत्यु भएको छ ।खोलामा डुबेर २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु बिहीबार दिउँसो पौने ३ बजे घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिममा रहेको सुर्मा खोलामा पौडी खेल्न गएका बेला डुबेर बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजी गर्दा दुवै जनालाई बेहोस अवस्थामा फेला पारेको थियो ।

त्यसपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस