रौतहटमा श्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३, शुक्रबार (७ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटमा श्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ

रौतहट, २ श्रावन। जिल्लाको गौर नगरपालिका २ स्थित महादेवपट्टी टोलमा चेकजाँचका क्रममा शङ्का लागेका एक भारतीय नागरिकबाट श्रोत नखुलेको नगद रकम फेला परेको छ।

शुक्रबार दिउँसो करिब १२ बजे अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला बैरगनिया नगरपंचायत वडा नं. १३ बाबालाल दास मठ टोलका ४३ वर्षीय महेश कुमारलाई नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा रोकेर जाँच गर्दा, उनले लगाएको बस्त्रको भित्री भागमा तिघ्रामा इलास्टिकले बेरी लुकाइ–छिपाई राखिएको अवस्थामा नेपाली रुपैयाँ ३,००,००० तीन लाख फेला परेको हो।

प्रहरीका अनुसार रकम सम्बन्धी कुनै वैध कागजात माग्दा महेश कुमारले देखाउन नसकेपछि उक्त नगद रकमको स्रोत पुष्टि हुन नसकेको जनाइएको हो ।

यसपश्चात् उक्त रकमसहित महेश कुमारलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जनाए।

ताजा अपडेट

खोजी गर्नुहोस