सिन्धुपाल्चोकको बलेफीमा मानव कंकाल फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ४, शनिबार (७ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

काठमाडौं, ३ श्रावन। सिन्धुपाल्चोकको बलेफीमा मानव कंकाल फेला परेको छ । बलेफी गाउँपालिका-६ बन्दर्वामा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

बेत्रावती सामुदायिक वनको जंगलमा शुक्रबार टाउकोलगायत शरीरका केही भागहरुको हड्डीसहित कपडा फेला परेको प्रहरीले जनाएको छ । नजिक रुखमा नाइलनको डोरी पनि झुण्डिएको अवस्थामा फेला परेको थियो ।

उक्त कंकालको पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कंकाल गत जेठमा हराएका सोही ठाउँका करिब ६४ वर्षीय सार्की तामाङको रहेको प्रहरीले जनाएको छ । कपडाको आधारमा परिवारले उनको कंकाल पहिचान गरेका हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस