एमाले बैठकमा उठ्यो प्रचण्ड

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ४, शनिबार (७ महिना अघि)
  • ३ पटक पढिएको
एमाले बैठकमा उठ्यो प्रचण्ड

काठमाडौं, ३ श्रावन। नेकपा एमालेको बैठकमा कांग्रेस नेता शेखर कोइरालाको सक्रियतामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्या भण्डारी मिलेर सत्ता समीकरण खोजेको विषय उठेको छ।

च्यासलमा जारी बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले यो विषय उठाएका हुन्। उनले भने, ‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेशकुमार सिंहले भन्ने, चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनुहुन्न। अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ।’

केपी ओली नेतृत्वको सरकारदेखि रुष्ट बनेका नेता कोइरालाले प्रचण्ड र भण्डारीसँग भेट गरेका थिए। शेखरसँग प्रचण्ड निवास पुगेका स्वतन्त्र सांसद सिंहले नयाँ समीकरणको तयारी भइरहेको दाबी गरेका थिए।

प्रचण्ड, विद्या भण्डारी, माधव नेपाललगायतको सहयोगमा यो सरकार ढाले शेखर प्रधानमन्त्री बन्ने तयारी रहेको दाबी गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस