जुवातास खेलिरहेको अवस्थामा बाराबाट ९ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ४, शनिबार (७ महिना अघि)
  • ३ पटक पढिएको
जुवातास खेलिरहेको अवस्थामा बाराबाट ९ जना पक्राउ

बारा,०३ श्रावन। जिल्ला प्रहरी कार्यालय बाराले जितपुरसिमरा उपमहानगरपालिका – २ जानकी टोलमा जुवा (तास) खेलिरहेको अवस्थामा ९ जनालाई नियन्त्रणमा लिएको छ ।

शनिवार दिउँसो करिब ३ बजेको समयमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक सुभाष साहको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा केशव सुनुवारको घरमा छापा मारेको थियो ।

छापामारीको क्रममा घरको तेस्रो तलाको कोठामा जुवा खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरिएको बारा प्रहरीले दाबी गरेको छ । प्रहरीले नियन्त्रणमा लिएकाहरूको साथबाट १ लाख ५४ हजार ६ सय ८० रुपैयाँ नगद र तास बरामद गरिएको बारा प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

पक्राउ पर्नेहरूमा जितपुरसिमरा उपमहानगरपालिका – १ र २ का ३ वर्षीय सुसन खाती सुनार, ४० वर्षीय बलराम विश्वकर्मा, ५६ वर्षीय सुमन कुमार भट्टराई, ४१ वर्षीय अभय कुमार श्रीवास्तव, ४१ वर्षीय केशव सुनुवार, ५२ वर्षीय थहल बहादुर विश्वकर्मा, ५४ वर्षीय शिवजी प्रसाद साह, ५१ वर्षीय राज कुमार भट्टराई, र ५९ वर्षीय बलराम कुमार क्षेत्री रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस