बिहारको अस्पतालभित्रै घुसेर गोली हानी कैदीको हत्या, ५ प्रहरी निलम्बन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ५, आईतबार (७ महिना अघि)
  • २ पटक पढिएको
बिहारको अस्पतालभित्रै घुसेर गोली हानी कैदीको हत्या, ५ प्रहरी निलम्बन

बिहार, ४ श्रावन। भारतीय राज्य बिहारको राजधानी पटनास्थित पारस अस्पतालभित्रै घुसेर कैदीको हत्या भएपछि ५ प्रहरीलाई निलम्बन गरिएको छ।

बिहीबार अस्पतालमा उपचार गराइरहेका बेला कैदी  चन्दन मिश्रालाई पाँच जनाको समूहले गोली हानी मारेका थिए। यसरी अस्पतालभित्र रहेको कैदीलाई सुरक्षा दिन नसकेको भनी शनिबार ५ जना प्रहरीलाई निलम्बन गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

बिहीबार पाँच जनाले अस्पतालको एउटा कोठामा पेस्तोल लिएर गई चन्दन मिश्रालाई गोली हानेर आरामसँग भागेका थिए। कैदी मिश्रा मूल रूपमा बिहारस्थित बक्सरका बासिन्दा हुन्।

अस्पतालमा भएको घटनाको सीसीटीभी फुटेजमा गोली हान्नेहरूले मास्क लगाएको देखिन्न। उनीहरू कम्मरबाट पेस्तोल निकाल्छन् र अस्पतालको कोठामा प्रवेश गरी गोली हानेर बिनाहतार र डर बाहिर निस्कन्छन्।

ताजा अपडेट

खोजी गर्नुहोस