जुवातास खेलेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ५, आईतबार (७ महिना अघि)
  • ३ पटक पढिएको
जुवातास खेलेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ 

काठमाडौं, ४ श्रावन। जुवातास खेलेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे थिङ, काभ्रेको चौरी देउराली गाउँपालिका–३ घर भएका ४५ वर्षीय सोमबहादुर तामाङ, शंखरापुर नगरपालिका–१ का ४३ वर्षीय वाङ दोर्जे लामा, चन्द्रागिरी नगरपालिका–१३ नैकापका ५० वर्षीय अमिर राज थापा र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का ४२ वर्षीय परशुराम श्रेष्ठ छन् ।

उनीहरूलाई प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो । ताहचलको एक घरमा जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरूको साथबाट १ लाख ३५ हजार ३ सय रुपैयाँ र २४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसुपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस