करेन्ट लागेर एक मजदुरको मृत्यु   

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ६, सोमबार (७ महिना अघि)
  • २ पटक पढिएको
करेन्ट लागेर एक मजदुरको मृत्यु   

सङ्खुवासभा, ५ श्रावन। सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको सोमबार करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेल रहेका छन् ।

सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार चिचिला गाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस