क्रसर उद्योगमा करेन्ट लागेर एक कामदारको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ७, मंगलबार (७ महिना अघि)
  • २ पटक पढिएको
क्रसर उद्योगमा करेन्ट लागेर एक कामदारको मृत्यु

विराटनगर, ६ श्रावन। मोरङको केराबारी गाउँपालिका–८ आमजुँगीमा करेन्ट लागेर क्रसरका कामदारको मृत्यु भएको छ । करेन्ट लागेर महादेव क्रसरका कामदार गोरखाको गण्डकी गाउँपालिका घर भएका ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

क्रसरभित्रै ‘वेल्डिङ’ गर्ने क्रममा चेपाङलाई सोमबार राति १० बजेतिर अचानक करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठान पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका बारेमा मृतकका परिवारलाई जानकारी गराइएको छ भने शव प्रतिष्ठानमै राखिएको छ । 

चेपाङ उक्त क्रसरमा विगत २ महिनादेखि मिस्त्रीका रूपमा कार्यरत रहेको पाइएको छ । क्रसरमा पूर्ववडाध्यक्ष मनोज खड्कालगायतको लगानी रहेको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस