गरुडा झाझ खोला नजिक ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ७, मंगलबार (७ महिना अघि)
  • २ पटक पढिएको
गरुडा झाझ खोला नजिक ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

पवन कुमार उपाध्याय

रौतहट, ६ श्रावन। रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिक एक ब्रेजा कारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको छ।

मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६८९६ नम्बरको ब्रेजा कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँचको क्रममा रोक्न खोज्दा चालकले गाडी नरोकी भाग्न थालेपछि प्रहरीले तत्कालै त्यसको पछ्याइ गरेको थियो।

पछ्याउँदै जाँदा उक्त सवारी साधन झाझ खोला नजिकै करिब २० फिट गहिरो खेतमा पसेर अड्किएको अवस्थामा फेला परेको र सोही क्रममा चालक भने फरार हुन सफल भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार सो कारबाट ठूलो मात्रामा गाँजा बरामद गरिएको छ।

गाँजा प्लास्टिकका १३ वटा पोकामा बेरी लुकाइछिपाई राखिएको अवस्थामा भेटिएको छ। बरामद गरिएको गाँजाको कुल तौल १३३ किलोग्राम रहेको प्रारम्भिक अनुमान गरिएको छ। हाल फरार चालकको खोजी तीव्र पारिएको र लागुऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको पहिचान गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस