भेरी नदीमा टिपर खस्दा, ३ जना बेपत्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ८, बुधबार (७ महिना अघि)
  • २ पटक पढिएको
भेरी नदीमा टिपर खस्दा, ३ जना बेपत्ता

सुर्खेत, ७ श्रावन। रुकुम पश्चिममा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।  मंगलबार राति  टिपर भेरी नदीमा खसेको हो ।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायव निरीक्षक (सइ) शिउकुमार चौधरीले जानकारी दिए ।

सइ  चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको सइ चौधरीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस