रुकुमपूर्वमा च्याउ खाँदा एकको मृत्यु, तीन जना बिरामी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ८, बुधबार (७ महिना अघि)
  • ३ पटक पढिएको
रुकुमपूर्वमा च्याउ खाँदा एकको मृत्यु, तीन जना बिरामी

रुकुमपूर्व, ७ श्रावन। रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका चारमध्ये थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

यसअघि मंगलबार दिउँसो करिब ३ बजे भाग्यरेखाका भाइ तीन वर्षीय  भएको थियो ।घटना आइतबार बेलुकीको हो । एउटै परिवारका चार जनाले जङ्गली च्याउ खाएपछि बिरामी भएका थिए ।

प्रहरीका अनुसार च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई पनि सल्यानबाट दाङ रिफर गरिएको छ । आमा ३५ वर्षीया राजकुमारी विकको अवस्था मध्यम रहेको छ । उनको रुकुमपश्चिमको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस